युवतीद्वारा सडकमा नाङ्गै योग

पोर्टल्याण्ड । सडकमा तितरबितर भएका प्रदर्शनकारी मात्रै हेरेका हेर्‍यै भएनन् अलि पर उभिएका प्रहरीले पनि के गर्ने नगर्ने अन्यौलमा परे र केही कारबाही गर्न सकेनन् । बरु ती युवतीले भने योगका विभिन्न आसन पो गर्न थालिन् ।

सारा मिडियाकर्मी, सुरक्षाकर्मी र प्रदर्शनकारीको ध्यान उनीतिर तानियो र क्यामेरादेखि मोबाइलसम्मले उनको विरोधको उक्त दृश्य कैद गर्‍यो ।

त्यही दृश्य र तस्वीर अहिले सामाजिक सञ्जालमा संसारभर भाइरल बनेको छ । धेरैले उनको विरोधको शैलीको प्रशंसा गरेका छन् भने केहीले आपत्ति पनि जनाएका छन् ।

सुरक्षाकर्मीका अगाडि विभिन्न आसनमा योग गरेकी उनले केहीबेरपछि सुरक्षाकर्मीतर्फ मुख फर्काएर सडकमा थुचुक्क बस्दै आफ्ना दुवै खुट्टा फैलाइन् ।

बीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीको साहसप्रति धेरैले उनको प्रशंसा गरेका हुन् ।

अमेरिकामा भइरहेको जातीय विभेदविरुद्धको मुद्दामा उनले विरोधका लागि यो शैली अपनाएकी हुन सक्ने बताइएको छ । नग्न तर निकै शान्त हाउभाउमा सडकमा पुगेकी उनी सुरक्षाकर्मीसामु शान्त मुद्रामा ठिंग उभिएकी थिइन् ।

पोर्टल्याण्डमा कुनै उद्देश्यका लागि यसरी सार्वजनिक स्थलमा नाङ्गै भएर उपस्थित हुनुलाई पनि राजनीतिक अभिव्यक्तिका रुपमा लिने गरिन्छ । जसलाई अमर्यादित पनि मानिन्न ।

ती युवती को हुन्न भन्ने परिचय नखुले पनि सामाजिक सञ्जालमा उनलाई ‘नेकेड एथेना’ भनेर भाइरल बनाइएको छ ।

Published : Thursday, 2020 September 3, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया