काठमाडौं उपत्यकामै खसीको मासु चार सय रुपियाँ सस्तो, कहाँ पाइन्छ ?

काठमाडौं । भाटभटेनी सुपरमार्केटले खसीको मासु बजार मूल्यभन्दा झण्डै साढे चार सय रुपियाँ सस्तो दिएको छ ।

काठमाडौं उपत्यकामा खसीको मासु प्रतिकिलो १३ सय रुपियाँसम्म छ । तर, भाटभटेनीले स्वस्थ्य खसीको मासु ८५० रुपियाँमा बिक्री गरिरहेको बजार व्यवस्थापक पानु पौडेलले जानकारी दिएका छन् ।

भाटभटेनीले काठमाडौंका १३ वटा शाखाबाट खसीको मासु साढे ८ सय रुपियाँमा बिक्री गरेको जनाएको छ ।

भाटभटेनीका काठमाडौंमा रहेका जुनसुकै शाखाबाट बिहान ११ देखि बेलुकी ५ बजेसम्म मासु किन्न पाइने व्यवस्था गरिएको पौडेलले बताएका छन् ।

भाटभटेनीले सबै शाखामा ‘टेक अवे’को व्यवस्था गरेको समेत उल्लेख गरेको छ । भाटभटेनीले होमडेलिभरीको सेवा पनि दिएको जनाएको छ ।

Published : Wednesday, 2020 September 2, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया