सत्ताकाे खेल हाेइन, कोरोनाबाट जनताको जीवन बचाउँ कम्युनिस्ट सरकारः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले कोरोनाको महामारीबाट जनतोका जीवनको रक्षा गर्नुको साटो भ्रष्टाचार गरेर कमाइ गर्न सक्रिय भएको आरोप लगाएका छन् ।

काठमाडौंको बसन्तपुरमा मंगलबार ‘इनफ ईज इनफ’ सत्याग्रहीहरूको समर्थनमा नेपाली कांग्रेसले आयोजना गरेको धर्ना र प्रदर्शनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले सत्तामा बसेका मन्त्रीका छोराहरू संलग्न कम्पनी र व्यापारीहरूलाई धनी बनाउन लागेको बताए । उनले सत्ताकाे खेलामा लागेर सरकारमा बसेकाहरूले जनताकाे जीवन बचाउन सबै कुरा भुलेकाे बताए ।

‘जनता कोरोनाले मर्न थालेका छन् । समदायमा कोरोना फैलिएको आशंका गरिएको छ’, उनले भने, ‘पीसीआरबाट परीक्षणको दायरा बढाउनुपर्नेछ । तर, सरकारले परीक्षणको दायरा घटाएको छ । सरकार सुतेर बसेको छ ।’

उनले स्वास्थ्य सामग्री खरिदमा ठूलो भ्रष्टाचार भएको भन्दै दोषीलाई कारबाहीको माग गरे । खतिवडाले बदनाम ओम्नी समूहको उद्धारमा सरकार केन्द्रित भएको कम्युनिस्ट सरकारले जनतालाई कोरोनाको महामारीबाट बचाउन नसक्ने बताए ।

आफ्ना नातापात र छोराछोरीलाई लाभ कसरी दिन सकिन्छ भनेर सरकारमा बसेका मन्त्रीहरू सक्रिय रहेको भन्दै खतिवडाले सत्याग्रहमा बसेका युवाहरूको मागको सुनुवाइ गर्न माग गरे ।

Published : Tuesday, 2020 July 28, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया