रुसमा कोरोनाविरुद्धको खोप सफलतापूर्वक परीक्षण

लण्डन । रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षण गरेको बताएको छ ।

रुसको सेचेनोभ युनिभर्सिटीले स्वयंसेवकहरूमा सफलतापूर्वक खोप परीक्षण गरेको जनाएको हो ।

इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोपको सेचेनोभ युनिभर्सिटीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको दावी गरेका छन् ।

कोरोना भाइरसविरुद्धको खोप रुसको गामालेई इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले निर्माण गरेको समाचारमा उल्लेख छ ।

यसको क्लिनिकल परीक्षण गत जुन १८ देखि शुरु गरिएको थियो । यो परीक्षणमा सहभागी स्वयंसेवकहरूको पहिलो समूहलाई बुधबार डिस्चार्ज गरिनेछ । दोस्रो समूहले जुलाई २० मा डिस्चार्ज हुनेछन् ।

सेचेनोभ युनिभर्सिटीका एक वरिष्ठ अधिकारी एलेक्जेन्डर लुकासेभले यो चरणको परीक्षण खोप सुरक्षित रहेको पुष्टि गर्न गरिएको र आफूहरुले यो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको बताए ।

खोपको थप विकासको योजना निर्माताको रणानीतिअनुसार यसअघि नै निर्धारण भइसकेको बताइएको छ ।

वादिक तारासोभका अनुसार यो खोप प्रिक्लिनिकल अध्ययन र प्रोटोकल विकासजस्ता चरण पार गर्दै अहिले क्लिनिकल परीक्षणको क्रममा छ ।

Published : Sunday, 2020 July 12, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया