कांग्रेस काठमाडौं ६ ‘ख’का सभापतिको निधन

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ का क्षेत्रीय सभापतिको निधन भएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय सभापति ३५ वर्षीय माधव अधिकारीको आइतबार हृदयघातबाट निधन भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय ललितपुर सानेपाद्वारा सोमबार जारी शोक वक्तव्य अनुसार स्वर्गीय अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

‘उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ’, नेपाली कांग्रेसको शोक वक्तव्यमा उल्लेख छ ।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, नेपाली कांग्रेसले भनेको छ, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।’

नेपाली कांग्रेस काठमाडौं ६ ‘ख’का सभापति स्व.अधिकारीको सोमबार पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।

Published : Monday, 2019 December 9, 3:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया