विद्यार्थी दमन गर्नेलाई कारबाही गर्न कांग्रेस नेता खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बाँकेको कोहलपुरमा स–साना विद्यार्थीमाथि प्रहरीबाट भएको निर्मम दमनको निन्दा एवम् भर्त्सना गरेका छन् ।

खतिवडाले आइतबार प्रेस नोट जारी गरेर दोषीलाई कारबाहीको माग गरेर प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले गोली चलाएर चरम दमन गर्नु संविधान र कानूनको उपहास भएको बताएका छन् ।

‘राणा र राजाहरू निरंकुश भए भनेर त्यो शासनको विरुद्धमा ७ दशकको संघर्षपछि ती सबै शासनलाई बिदाइ गरियो’, खतिवडाले भनेका छन् ।

‘आखिर के फरक प¥यो र जवकि त्रिभुवन माध्यमिक विद्यालय कोहलपुर बाकेको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आइतबार बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको त्यो दोषीलाई कारबाही होस् भन्दै घाइते चन्दको स्कुले साथीहरू सडकमा आउँदा गोली चल्छ, कर्फ्यु लाग्छ भने हामी यति धेरै किन र के को खातिर फालियो त्यो शासनहरू ? कहाँ छ हामीले कल्पना गरेको लोकतन्त्र ?’, प्रश्न गर्दै उनले भनेका छन्, ‘यो घटना निन्दनीयाछ ।’

नेपाली कांग्रेसका नेता खतिवडाले कोहलपुर घटनाका सम्पूर्ण घाइतेहरूको शीघ्र स्वस्थ्यलाभको कामना गरेका छन् । उनले गोली चलाएर चरम दमन गर्ने प्रहरीका अधिकारीहरूलाई कारबाहीको माग गरेका छन् ।

Published : Sunday, 2019 December 8, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया