कांग्रेसका भँडेलले शपथ लिएपछि कम्युनिस्टहरूको मनमा चिसो पस्यो

हेटौँडा । भक्तपुर १ ‘क’बाट नवनिर्वाचित प्रदेशसभाका सांसद कृष्णलाल भँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार हेटौँडामा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपाली कांग्रेसका भँडेललाई शपथ गराएका हुन् । उपनिर्वाचनमा भँडेल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन् ।

शपथ कार्यक्रममा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलगायतको सहभागिता रहेको थियो ।

प्रदेशसभा सचिवालयद्वारा प्रकाशित ‘प्रदेश तेस्रो दर्पण’ स्मारिकाको पनि सार्वजनिक गरिएको छ ।

प्रदेशसभामा यसअघि भक्तपुर १ ‘क’बाट निर्वाचित हरिशरण लामिछानेको उपचारका क्रममा निधन भएकाले करीब डेढ वर्षदेखि उक्त पद रिक्त हुँदै आएको थियो ।

प्रदेशसभामा हाल सत्तारुढ नेकपाका ८०, कांग्रेसका २२, नेपाल मजदूर किसान पार्टीका दुई, साझा विवेकशील पार्टीका तीन तथा राप्रपा (संयुक्त), राप्रपा र स्वतन्त्रका एक–एक प्रदेशसभा सांसद रहेका छन् ।

Published : Sunday, 2019 December 8, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया