तेक्वान्दोमा २९ मध्ये नेपाललाई १२ स्वर्ण

काठमाडौं । नेपालले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा तेक्वान्दोको प्रतिस्पर्धा सकिँदा १२ स्वर्ण जितेको छ ।

ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बिहीबारसम्म सम्पन्न कुल २९ स्वर्णका प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो ।

भुपेन श्रेष्ठले स्वर्ण दिलाएसँगै नेपालले तेक्वान्दोको प्रतिस्पर्धामा कुल १२ स्वर्ण आफ्नो बनाएको थियो ।

पुरुष ८७ केजी तौल समूहमुनि फाइनलमा भारतका अक्ष होडालाई २९–२७ ले हराउँदै भुपेनले स्वर्ण जितेका हुन् ।

तौल समूहमा बंगलादेशका रसिल खान र श्रीलंकाका चर्मा थरिन्दुले कांस्य पदक जितेका थिए ।

बिहीबार भारतले तीन र पाकिस्तानले दुई स्वर्ण जित्यो । भारतका पूर्वा दीक्षितले ४९ केजीमुनि तौल समूहमा श्रीलंकाकी इरानगनी पुस्पालाई १४–६ ले हराउँदै स्वर्ण जितिन् ।

सोही तौलमा नेपाली युनिसा राई र श्रीलंकाकी आयसा नुरले कांस्य पदक जिते । महिला ६७ केजीमुनि भारतकी रुचिका भावेले स्वर्ण जित्दा फाइनलमा नेपाली अप्सरा कार्कीलाई ८–५ ले स्तब्ध बनाइन् ।

यो तौलमा भुटानकी सोनम यान्सो र बंगलादेशकी मस्ट सल्माले कांस्य जितेका थिइन् । भारतकी मार्गेरेट मारियाले स्वर्ण जित्न फाइनलमा मनिता साहीलाई १५–० ले हराइन् ।

पाकिस्तानका लागि पुरुषतर्पm हरुन खान र रब नवाजले स्वर्ण जिते । पास्तिानका हरुनले ५८ केजी तौलसमूहमा भारतका निरज चौधरीलाई २७–१८ ले हराए ।

यस तौलमा नेपालका गोविन्दबहादुर आले र बंगलादेशका कमरुल इस्लामले कांस्य जित्यो ।

नवाजले पुरुष ८० केजीमुनि नेपालका किरणबहादुर आलेलाई ३३–७ ले हराउँदै स्वर्ण जिते । यस समूहमा भारतका लक्ष र श्रीलंका सुरङ्गा दिहानले कांस्य जितेका छन् ।

Published : Friday, 2019 December 6, 7:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया