सेक्सी इलियानाका सेक्सी कुरा

मुम्बई । नायिका इलियाना डीक्रुज सामाजिक संजालमा आफ्नो फोटो राख्न अगाडि छिन् । तर, उनलाई आफ्नो हट तस्वीर सार्वजनिक गर्न पहिले समस्या लाग्थ्यो ।

इलियाना भन्छिन्, ‘मलाई मेरो शरीरलाई यो तरिकाले स्विकार गर्न पहिले खुबै समस्या थियो । तर, म दावाका साथ भन्न सक्छु कि अब म मेरो शरीरलाई झनै बढी माया गर्न थालेकी छु र सम्मान पनि गर्छु ।’

इलियानाले आजको दिनमा आफ्नो शरीरको ध्यान निकै नै गर्न थालेको र यसले आफूलाई खुशी बनाएको पनि उल्लेख गरेकी छिन् ।

इलियानाले आफ्ना फ्यानसँग आफ्नो फिटनेशको मन्त्र समेत शेयर गरेकी छिन् । उनी भन्छिन्, ‘म कुनै समय महिनौ दिनसम्म पागल शैलीमा शरीरका लागि व्यायम गर्थेँ । तर, पछि मैले महशुश गरेँ कि, शरीर बनाउनका लागि ९० प्रतिशत त खानेकुरामा नै ध्यान दिन आवश्यक छ ।’

इलियानाले आफ्ना फ्यानलाई खानेकुरामा विशेष ध्यान दिन आग्रह गरेकी छिन् ।

सामाजिक संजालमा हट तस्वीर शेयर गरेको बिषयमा इलियाना भन्छिन्, ‘हरेक समय फिट देखिनु आफैमा सजिलो कुरा होइन । हरेक मानिसमा तपाइको लुक्सको बिषयमा एउटा न एउटा अनुमान हुन्छ । कोही मानिस स्क्रिनमा देखिन्छ भने उसले आफूलाई ग्ल्यामर तरिकाले प्रस्तुत गर्न आवश्यक छ ।’

इलियानाले आफू सधै फिट देखिन संभव नभएको समेत उल्लेख गरेकी छिन् ।

Published : Thursday, 2019 December 5, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया