धरानमा तिलक राईले जनताका काम गर्न थालेपछि नेकपाले गर्‍यो उत्पात

धरान । नेपाली कांग्रेसलाई धरानका जनताले विजयी बनाएपछि अताल्लिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालयले बल्ल जनताको कुरा सुनेको छ ।

सधैँ धरानलाई आफ्नो ‘लाल किल्ला’ ठान्ने कम्युनिस्टहरूले नेपाली कांग्रेसले जनताको पक्षमा कामहरू गर्ने संकेत गरेपछि आत्तिएकाहरूले कर घटाउन प्रस्ताव गरेको छ ।

धरानको विकासमा कहिल्यै पनि राम्रो काम नगरेको नेकपाले जनताले पराजित गरेपछि बल्ला होस खुलेको छ । कांग्रेसका तिलक राई मेयरमा विजय भएको अर्को दिन नेकपाले कर घटाउन आफ्ना जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ ।

दुई वर्षसम्म धरानका जनताको आवाज नसुनेको नेकपाले जनतालाई भारी कर लगाएर दुःख दिँदै आएको थियो । निर्वाचन प्रचारका क्रममा कांग्रेसका तिलक राईले आफू निर्वाचित हुनेवित्तिक कर पुनरावलोकन गर्ने आश्वासन दिएका थिए ।

मेयर तिलक राईले करमा पुनरावलोलकन गर्नु अगाडि नै नेकपाले कर घटाउन आफ्ना जनप्रतिनिधिहरूलाई निर्देशन दिएर औकात देखाएको छ । नेकपाको हर्कतलाई धरानका जनताले राम्रैसँग बुझेका छन् ।

‘निर्वाचनका सन्दर्भमा जनताका घरदैलोमा जाँदा विभिन्न तहबाट लागू गरिएका करहरूप्रति जनताको व्यापक गुनासाहरू र असन्तुष्टिहरू पाइएकाले जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उपमहानगरपालिकाबाट आर्थिक वर्ष ०७६–०७७ का लागि लागू गरिएका करका दर पुनरावलोकन गरी ततकाल करका दरहरू घटाउने कार्य शुरु गर्न नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ’, नेकपाका संयोजक रमेश बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपाले आफ्नो विज्ञप्तिलाई धरानका स्थानीय पत्रपत्रिकामा पैसा तिरेर विज्ञापनमार्फत छपाएको छ ।

तीस वर्षसम्म धरानका जनतालाई दास ठानेको नेकपाको आँखा नेपाली कांग्रेस र मतदाताहरूका कारण खुलेको छ ।

Published : Wednesday, 2019 December 4, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया