भरखरकी युवती भ्याउने नेकपाका नेता सुनुवार पक्राउ

मन्थली । तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नकपा)का एक जना स्थानीय नेतालाई पक्राउ गरेको छ ।

उमाकुण्ड गाउँपालिका कुभुकास्थली निवासी नेकपाका स्थानीय नेता ४० वर्षीय संगीत सुनुवारले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

नेकपाका नेता सुनुवारले गाउँकै १३ वर्षीयालाई फकाएर मंसिर २ गते करणी गरेको आरोप लागेको छ ।

जबरजस्ती करणीपछि नेकपाका नेता सुनुवारले बालिकालाई कसैलाई पनि नभन्नु भनेर घर पठाएका थिए ।

डराइडराई घर पुगेकी ती बालिकाले नेता सुनुवारको डरका कारण घरमा केही नभनी बसेकी थिइन् ।

नेकपाका नेता सुनुवारले पुनः ती बालिकालाई बोलाएर जबरजस्ती करणी गर्न खोजेपछि घटना बाहिर आएको हो । सुनुवारले जबरजस्ती करणी गर्न खोजेपछि ती बालिका उम्केर भाग्न सफल भएकी थिइन् ।

नेकपाका नेता सुनुवारले आफूमाथि एक पटक बलात्कार गरेको र पुनः जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै ती बालिकाले आमालाई सबै कुरा सुनाएकी थिइन् ।

घटनाको विषयमा छोरीले सबै कुरा सुनाएपछि उनकी आमाले प्रहरी चौकी बाम्तीमा उजुरी गरेकी थिइन् ।

वाम्ती प्रहरी चौकीले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको नेतृत्वमा प्रहरी परिचालन गरेको थियो ।

प्रहरीले नेकपाका नेता सुनुवारलाई उनकै घरबाट सोमवार नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम मन्थली ल्याएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका नेता सुनुवारको स्वास्थ्य परीक्षण गराई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिएका छन् ।

Published : Tuesday, 2019 December 3, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया