एनटीआरले कंगनासँग काम गर्न मानेनन्

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौट हाल तमिलनाडु राज्यको राजनीतिकी केन्द्रबिन्दु रहेकी दिवगत मुख्यमन्त्री जयललिथाको जीवनीमा आधारित वायोपिक फिल्म ‘थलाइवी’को सुटिङमा व्यस्त रहेकी छिन् ।

जारी सुटिङका बीच फिल्मको टिजरसमेत सार्वजनिक भइसकेको छ । फिल्मलाई लिएर कंगना एकदमै उत्साहित छिन् । फिल्ममा उनीसँग दक्षिण भारतीय स्टार एनटीआर जुनियरले काम गर्न अस्वीकार गरेका छन् ।

फिल्ममा उनलाई एनटीआरका हजुरबुबा एनटी रामा रावको भूमिकाका लागि प्रस्ताव गरिएको थियो । उनले सो भूमिका गर्न स्पष्टरूपमा अस्वीकार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

‘हुन त म एक अभिनेता हुँ तर म आफ्ना हजुरबुबाको भूमिका कहिल्यै गर्न सक्दिन’, अस्वीकार गर्नु कारण खुलाउँदै एनटीआर जुनियरले भने, ‘हजुरबुबाको भूमिका गर्नु मेरा लागि असम्भव छ किनकी अनुभवी कलाकारको भूमिका निभाउनु एकदमै कठिन हुन्छ ।’

जयललिथा राजनीतिमा आउनुअघि एकदमै चर्चित अभिनेत्री थिइन् । उनले एनटी रामा रावसँग कयौं फिल्ममा एकसाथ काम गरेकी थिइन । बायोपिक फिल्ममा उनको महत्वपूर्ण भूमिका हुने अपेक्षा गरिदैं आइएको थियो ।

जयललिथाको यो बायोपिक हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज गरिनेछ ।

Published : Thursday, 2019 November 28, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया