‘ठमेल बजार’की मीनाले ‘लप्पन छप्पन’ धमाका मच्चाउँदै

काठमाडौं । वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्दमा नयाँ शैलीमा ‘लप्पन छप्पन…’ गीत रिलिज भएको छ ।

संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको ‘लप्पन छप्पन’मा गायिका मीना निरौला र सन्तोष अधिकारीले स्वर दिएका छन् ।

गायिका निरौलाले यसअघि ‘ठमेल बजार’ र ‘काले दाई’मा स्वर दिएकी थिइन् । उनका ती गीतहरू दर्शक स्रोताले रुचाइदिएका थिए ।

हुन त संगीतकार श्रेष्ठको ‘तिमीले पराई ठानेपछि’ चलेको गीत मानिन्छ । कुनै बेला वरिष्ठ गीतकार थापाको ‘पोहोर साल खुसी फाट्दा’ले एकछत्र राज गरेको गीत थियो ।

वरिष्ठ गीतकार थापाका अघिल्ला गीतहरूमा भन्दा अलिक फरक शैलीका शब्द रहेको यो गीतमा सुदूर पश्चिमको लवज सुन्न पाइन्छ ।

संगीतकार श्रेष्ठका अनुसार गीतमा केही फरक गरौँ भन्ने उदेश्यले संगीत गरिएको छ । ‘लोक शैलीका आधुनिक गीत बनाएका हौँ’, उनले भने, ‘टिनेजरलाई ध्यानमा राखेर शब्द र संगीत बनाइएको छ ।’

गीतको संगीत र शब्दको फ्युजनले दर्शक स्रोतलाई ‘लप्पन छप्पन’ले नाचौँ–नाचौँ लाग्ने फास्ट बिटको गीत बनेको संगीतकार श्रेष्ठले बताए ।

‘लप्पन छप्पन’को म्युजिक भिडियोमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री निता ढुङ्गानाको अभिनय रहेको छ ।

स्मृति तिमिल्सिनाको नृत्य निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’को छायाँकन र सम्पादन रहेको म्युजिक भिडियोको निर्देशन हेमप्रभासले गरेका हुन् ।

म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युटुब च्यानलबाट रिलिज गरिएको छ ।

युट्युबमा छोटो समयमा राम्रो भ्यू पाएको ‘लप्पन छप्पन’ले दर्शक तथा स्रोताका मन जित्ने संगीतकार श्रेष्ठले उल्लेख गरेका छन् ।

Published : Monday, 2019 November 25, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया