विवाह भएपछि युवतीहरू मोटाउनुको कारण

काठमाडौं । युवतीहरू विवाहपछि मोटाउँछन् । विवाहपछि थुप्रै महिला र पुरुषको तौल तीब्र रुपमा बढ्ने गर्दछ ।

विवाहको ५ वर्षभित्र करीब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ ।

विवाहपछि शरीरमा हर्मोनल परिवर्तन हुने गर्छ । यसले गर्दा युवतीहरूको तौल बढ्न थाल्छ ।

विवाहअघि भन्दा पछि युवतीहरूको दैनिक समय तालिकाका व्यस्त हुन थाल्छ । जसका कारण उनीहरू पर्याप्त निदाउन पाउँदैनन् । यसले गर्दा पनि तौल बढ्न थाल्छ ।

विवाहपछि शुरुका दिनमा युवतीहरू तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढाउँछ ।

मानिसहरू विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् । विवाहपछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरू छुट्ने गर्दछ जसले तौल बढ्छ ।

धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि मात्र विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

Published : Monday, 2019 August 19, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया