ओलीको दलमा पूर्वडन एवम् प्रदेश सांसद मनाङे प्रवेश गर्ने

काठमाडौं । गण्डकी प्रदेश स्वतन्त्र सांसद दीपक मनाङे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गर्ने भएका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले बिहीबारपार्टी प्रवेश गराउने तयारी गरेका हुन् ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे नेकपाकै सहयोगमा विजयी भएका थिए । फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि मनाङेले शपथ लिन पाएका थिएनन् ।

सर्वोच्चमा पुनरावेदन गरेका मनाङेलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

पूर्वगुण्डा नाइके मनाङे नेपाली कांग्रेस, राप्रपा हुँदै एमालेमा प्रवेश गरेका थिए । तत्कालीन एमालेका अध्यक्ष केपी ओलीले नै मनाङेलाई पार्टी प्रवेश गराएका थिए ।

Published : Wednesday, 2019 July 3, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया