राप्तीको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

मसुरिया । दाङको राप्ती गाउँपालिकाको ५औँ गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

‘शिक्षा स्वास्थ्य कृषि पर्यटन र रोजगार समृद्ध राप्ती गाउँपालिकाको आधार’ भन्ने मूल नारासहित राप्ती गाउँपालिकाको मुख्यालय मसुरियामा आइबार बसेको गाउँसभाले अध्यक्ष नुमानन्द सुवेदीद्वारा पेस गरिएको नीति तथा कार्यक्रमलाई पारित गरेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट ०७६–७७ सहित शुरू भएको गाउँसभाको प्रथम दिन राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

गत आर्थिक वर्षका अनुभव तथा सिकाइलाई आत्मसाथ गर्दै विकासको गति, समय स्थान तथा भौगोलिक अवस्थाका आधारमा विकास गरिनेछ ।

सम्पूर्ण विकासका कार्य, नागरिकको सेवा सुविधा तथा सहभागितालाई जोड दिँदै अघि बढाउने उदेश्य अनुरुप नीति तथा कार्यक्रम ल्याइएको छ ।

प्रस्तुत गरिएको आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममा समेटिएको विषयवस्तुमाथि गाउँसभाका सदस्यहरूले सल्लाह सुझाव तथा शुभकामना समेत दिएका छन् ।

गाउँसभा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएपछि बजेट आगामी १० गते मंगलवार गाउँसभामा प्रस्तुत गरिने कार्यक्रम रहेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

Published : Sunday, 2019 June 23, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया