सुनको मूल्य प्रतितोला ६५ हजार, नयाँ रेकर्ड बनायो

काठमाडौं । सुनको मूल्यले शुक्रबारफेरि नयाँ रेकर्ड कायम गरेको छ ।

सुनचाँदी व्यवसायी महासघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २५ अमेरिकी डलरले बढेर प्रतितोला ६५ हजार रुपियाँ पुगेको छ ।

बिहीबार प्रतिऔस १३ सय ८० अमेरिकी डलर थियो । शुक्रबार पुनः बढेर १४ सय ५ डलर पुगेको छ ।

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले शुक्रबारको सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको जानकारी दिए ।

महासंघले बिहीबार प्रतितोला ६४ हजार रुपियाँमा कारोबार गरेको थियो । उक्त मूल्य हालसम्मकै उच्च भएको जनाएको थियो ।

शुक्रबार पुनः प्रतितोला १ हजारले बढेर नयाँ रेकर्ड कायम भएको शाक्यको दाबी छ । महासंघका अनुसार १५ दिनअघि न्युयोर्क मार्केटमा २०१९ को अन्तिमसम्म सुनको भाउ प्रतिऔस १४ सय डलर पुग्ने आकलन गरिएको थियो ।

जुन २१ मै प्रतिऔस १४ सय डलर नाघेको छ । अमेरिका र इरानको विवादले लगानीकर्ताहरु सुनमा आकर्षित भइरहेका छ । जसले गर्दा भाउ थप बढ्ने संकेत देखिएको छ ।

Published : Friday, 2019 June 21, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया