गुप्तचरी गर्ने हुवावे मोबाइलमा युट्युब र गुगल नचल्ने

न्युयोर्क । अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गुगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन । रिपोर्टमा अमेरिकी सरकारले हुवावेलाई विश्वभरिबाट नै कालो सूचीमा राख्न माग गरेको छ । डोनाल्ड ट्रम्पको सरकारले भने हुवावेलाई अमेरिकाबाट कालो सूचीमा राखिसकेको छ ।

गुगल मात्र नभएर इन्टेल, चिपसेट निर्माता कम्पनी क्वालकम, ब्रोडकमजस्ता कम्पनीले पनि अब हुवावेलाई कुनै प्रकारको हार्डवेयर र सफ्टवेयर उपलब्ध गराउने छैनन् ।

हुवावेमाथि फोनको माध्यमबाट मानिसहरूको जासुसी गरेको आरोप लागेको छ । हुवावेलाई कालो सूचीमा राख्दा र गुगलले सपोर्ट नगर्दा ठूलो असर पर्ने छ ।

अमेरिकी सरकारले कालो सूचीमा राख्दा र इन्टेलजस्ता कम्पनीको सहयोग बन्द भएपछि भने हुवावेलाई ठूलो नोक्सान हुनेछ । हुवावेमा गुगल प्ले स्टोर, जीमेलजस्ता एप्स सेवा बन्द हुनेछ ।

यस्तो अवस्थामा हुवावेले एन्ड्रोइडको पब्लिक भर्जनबाट काम चलाउनुपर्ने हुन्छ । यसका साथै हुवावेका प्रयोगकर्ताहरूले गुगलको कुनै पनि सेवा प्रयोग गर्न पाउने छैनन् ।

कालो सूचीमा परेपछि हुवावेले एन्ड्रोइडको ओपन सोर्स प्रोजेक्टबाट काम चलाउनुपर्ने हुन्छ । गुगलको एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) जो कोहीले पनि प्रयोग गर्न सक्छन् ।

यो प्रोजेक्टद्वारा विश्वभर २ दशमलव ५ विलियन डिभाइस सक्रिय छन् । गुगलको यो प्रोजेक्टले अन्य व्यक्तिलाई सपोर्ट गरे पनि हुवावेलाई भने सपोर्ट गर्नेछैन ।

गएको वर्ष डिसेम्बर महिनाको सुरुवातमा अमेरिकाको दबाबमा क्यानडाले वैंकुवरको एक कम्पनीका प्रमुख वित्तीय अधिकारी मेंग वांगझूलाई गिरफ्तार गरेको थियो । मेंगले कम्पनीमाथि बेइमानी गरेको आरोप लागेको छ ।

गएको वर्ष नै सुरक्षा कारण देखाउँदै संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले हुवावेको स्मार्टफोन प्रयोगमा रोक लगाएको थियो ।

Published : Monday, 2019 May 20, 11:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया