आइटेक–मौलाना दिवसमा मन्त्री, राजदूत र उच्च अधिकारीहरू सहभागी

काठमाडौं । काठमाडौंमा आइटेक तथा मौलाना आदाज दिवस मनाइएको छ । काठमाडौंको लाजिम्पाटस्थित एक होटलमा दिवस मनाइएको हो ।
नेपालस्थित भारतीय राजदूतावासद्वारा आयोजित दिवसको प्रमुख अतिथित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरले रहेका थिए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पनि थिए ।
दिवस मनाउन भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक)ले सहयोग गरेको थियो । भारतीय राजदूत पुरीले नेपाल सरकार मातहतका विभाग, कार्यालयका कर्मचारीहरूलाई भारतका प्रमुख संस्थाहरूमार्फत प्रशिक्षण प्रदान गरेर आइटेक कार्यक्रमले नेपालमा मानवस्रोत विकासको प्रवर्द्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए ।
आइटेक कार्यक्रमको लाभ लिएका नेपाल सरकारका विभिन्न मन्त्रालय, विभागका वरिष्ठ सचिव, उच्च अधिकारीहरूले करीव १५० जनाको पनि समारोहमा सहभागिता जनाएका थिए ।
आइटेक कार्यक्रमअन्र्तगत कम्प्युटर, इञ्जिनियरिङ, सूचना प्रविधि, पत्रकारिता, बैंकिङ, कानून निर्माण, उर्जा, रिमोट सेन्सिंग, मानवशक्ति अध्ययन, शिक्षा, महिला सशक्तीकरण, जलविज्ञान, व्यापार योजना तथा प्रवर्द्धन, लेखा तथा वाणिज्यलगायतका विद्यामा प्रशिक्षण दिने गर्छ ।
नेपालका दर्जनौ जलस्रोत विज्ञ सिंचाइ, जल व्यवस्थापन तथा जलस्रोत विकास विषयमा आइआइटी रूर्की जस्तो प्रतिष्ठित संस्थामा अध्ययन गरिरहेका छन् ।
आइटेक कार्यक्रम अन्तर्गतका अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन व्यावसायिक प्रशिक्षण कार्यक्रमहरूमा हालसम्म १३५३ जना सहभागी भैसकेका छन् ।
आइटेक दिवसको अवसरमा भारतको पहिलो शिक्षामन्त्रीको रुपमा इण्डिया इन्स्च्यिुट अफ टेक्नोलोजी तथा युनिभर्सिटी ग्रान्ट कमिसनको स्थापनामा अग्रणी भूमिका निर्वाह गरेका भारत रत्न मौलाना अबदुल कलाम आजादको १३०औं जन्म जयन्ती पनि मनाइएको छ ।
सो अवसरमा स्वामी विवेकानन्द संस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीले आकर्षक सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।
नेपालसहित विश्वका १६१ विकासशील मित्र राष्ट्रसँग विकासबारे आफ्ना अनुभवहरू साझा गर्नका लागि भारत सरकारको पूर्ण अनुदानमा आइटेक कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत