विद्यादेवीका कारण मदनको बद्नामः नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले राष्ट्रपति बनेकी विद्यादेवी पाण्डे भण्डारीको नामसँग जोड्दा मदन भण्डारीको अपमान भएको भन्दै चिन्ता जनाएका छन् ।
नेता नेपालले विद्यादेवीको विलासी जीवनसँग मदन भण्डारीको नाम जोड्न नहुने बताएका हुन् । नेपालले व्याङगात्मक शैलीमा राष्ट्रपति विद्यादेवीको आलोचना गरेका छन् ।
विलासी जीवनशैली अपनाएको भन्दै उनले विद्यादेवी भण्डारीको नामसँग मदन भण्डारीको नाम जोड्न नहुने बताएका हुन् । विद्यादेवी भण्डारी र मदन भण्डारीमा जनमिन आस्मानको फरक रहेको उनले बताएका छन् ।
‘अप्ठेरो परेको छ सानो कुरा लेख्न । सबैले मदन भण्डारीसँग जोडेर राष्ट्रपति विध्या पाण्डे भण्डारीको उछित्तो काढेका छन्’, नेता नेपालले फेसबुकमा लेखेका छन्, ‘स्वर्गीय मदन भण्डारीप्रतिको अपमान होइन र यो ?’
विवादमा आइरहेकी राष्ट्रपति विद्यादेवीलाई विलासी गाडी खरिदका लागि १८ करोड निकासा भएपछि चरम विवादमा परेकी छिन् । उनका लागि हेलिप्याड बनाउन नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान हटाउने सरकारी निर्णयको पनि विरोध भैरहेको छ ।
दशैँको टीका लगाइदिने बेला सर्वसाधारणलाई घुँडा टेकाएर टीका लगाइदिएपछि उनी झन् विवादमा तानिएकी थिइन् । दशैँमा टीकाको तस्बिर र भिडियोले विवादित भएपछि तिहारको भाइटीकाको तस्बिर लिन राष्ट्रपति विद्यादेवीले सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाएकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत