अधिनायकवादको प्रतिकारको नेतृत्व कांग्रेसले गर्छः देउवा

विराटनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारबिरुद्ध डटेर लड्ने बेला आएको बताएका छन् ।
विराटनगरमा मंगलबार आयोजित कांग्रेसको कार्यक्रममा देउवाले कम्युनिस्ट सरकार अधिनायकवाद उन्मुख भएको बताए । ‘कम्युनिस्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ’, उनले भने, ‘देशलाई अधिनायकवादको चगुलबाट मुक्त गर्न सशक्त प्रतीकार गर्नु छ ।’
सभापति देउवाले कम्युनिस्ट सरकारको अधिनायकवादको प्रतीकारको नेतृत्व कांग्रेसले गर्ने बताए ।
सरकारले न्यायालयमा हस्तक्षेप गरेको भन्दै अबका दिनमा प्रहरी, सेनामा समेत हस्तक्षेप गर्ने योजनामा रहेको उनले बताए ।
देउवाले कम्युनिस्ट सरकारबाट देशलाई मुक्त गर्न कांग्रेस एकजुट हुन आवश्यक रहेको बताए ।
अन्तरघातबाट कांग्रेसलाई मुक्त बनाउने उनले प्रतिवद्धता जनाए । देउवाले अन्तरघातीहरूलाई कारबाही गर्ने चेतावनी समेत दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत