कांग्रेसका यी मेयरको काम देखेर विद्यासुन्दर छक्कै परे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको दाबी गरे ।
‘आजको मितिले हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुको भन्दा धेरै राम्रा काम गरिरहेका छौं’, उनले भने, ‘सय नम्बरमा ६० नम्बर पाउने गरी काम गरेका छौं ।’
एमालेका नेता एवम् काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काम गर्न नसेकेको भनेर आलोचना भैरहेका बेला कांग्रेसबाट विजयी भएका ललितपुर महानगरपालिकाका मेयर महर्जनले झुठ नबोलेर आफूले गरेका कामको जानकारी गराएका छन् ।
महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरूले चुनावी घोषणा अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् ।
‘चुनावी घोषणापत्रका अनुसार काम गर्न सकिएको छैन्’, उनले भने, ‘१८–२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाइँ जस्तै भैरहेको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत