कांग्रेसकी यी सांसदले देशको नाम विश्वभरि चम्काइन्

काठमाडौं । नेपाली कांग्रेसकी प्रदेश सभा सांसद उमादेवी बादी प्रभावशाली महिलाको सूचीमा परेकी छिन् ।

सुदूरपश्चिमकी कांग्रेसकी सांसद बादी बेलायती प्रसारण संस्था बीबीसीको उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी हुन् ।

बीबीसीले सोमबार सार्वजनिक १०० महिलाको सूचीमा कांग्रेसकी सांसद बादी तालिकामा परेकी छिन् । बादी नेपाली कांग्रेसको समानुपातिकबाट प्रदेश सभामा सांसद बनेकी हुन् ।

बादीको घर कैलालीको टीकापुरमा पर्छ । ५४ वर्षीया बादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बनेकी हुन् ।

उमादेवी बादीलाई बीबीसीले दलित समुदायको उत्थानमा लागेको भनेर परिचय दिएको छ ।

एक सय शक्तिशाली महिलाको सूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनलगायत परेका छन् ।

उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूची बीबीसीले प्रत्येक वर्ष सार्वजनिक गर्छ । उनीहरूको जीवन कथा बीबीसीले टेलिभिजन, रेडियो र अनलाइनमा प्रसारण गर्छ ।

Published : Monday, 2018 November 19, 10:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया