नेविसंघको म्याद थपबारे के भन्छन् अध्यक्ष महर ?

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)को म्याद दुई महिना थप गरेपछि विद्यार्थी नेताहरूले विभिन्न खालका अभिव्यक्ति दिएका छन् ।
नेविसंघका नेताहरूबीच विभाजित हुने गरेर अभिव्यक्ति आएका छन् । नेविसंघकै अध्यक्ष नैनसिंह महरले पनि १२औँ महाधिवेशन गराउन समय अपुग हुने बताएका छन् ।
उनले नेविसंघको दुई महिना मात्र म्याद थपिएकोमा असन्तुष्टि जनाए । ‘यसबारे पार्टीका नेताहरूसँग कुरा गर्छु’, अध्यक्ष महरले भनेका छन् ।
अध्यक्ष महतले नेविसंघको १२औँ महाधिवेशनको कार्यतालिका नहेरी म्याद थपिएको आरोप लगाएका छन् । महरले नेविसंघको १२औँ महाधिवेशन दुई महिनाभित्रै गर्ने गरेर काममा लाग्न सबै विद्यार्थी नेतालाई आग्रह पनि गरेका छन् ।
दुई महिना म्याद थपिएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी असन्तुष्ट छन् । उनीहरूले छ महिना म्याद थपको प्रस्ताव गरेका थिए ।
नेपाली कांग्रेसको आइतबार राति सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत