ओली सरकार चौतर्फी घेराबन्दीमा पर्दैछः महासचिव झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) महामन्त्री केशव झाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाठौंमा आयोजना गरेको साक्षात्कारमा झाले भने राजपाले समर्थन फिर्ता लियो भने ओली सरकार घेराबन्दीमा पर्ने बताए ।

‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं । सरकारको काउन्टडाउन सुरु भैसक्यो’, उनले भने, ‘राजपा बाध्यकारी अवस्थामा छ । अब समर्थन फिर्ता लिएर अघि बढ्छौं ।’
नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराएका छन् ।

प्रधानमन्त्री ओलीसँग सिङ्गो मधेशका जनता आक्रोशित रहेको उनले बताए । त्यस्तो अवस्थामा राजपा नेपालले रिस्क मोलेर समर्थन दिएर हातेमालो गरेको झाले बताएका छन् ।

Published : Saturday, 2018 November 17, 7:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया