दाङबाट काठमाडौं जाँदै गरेको बस कावासोतीमा दुर्घटना

कावासोती । नवलपुरको कावासोतीमा भएको यात्रुबाहक बस दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दाङबाट काठमाडौं जानका लागि आउदै गरेको राप्ती यातायातको ना ६ ख ६३०१ नम्बरको बस कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा सडक छेउमा पल्टिएको हो ।

गम्भीर घाइते देखिएका ४ जनालाई थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । १२ जनाको कावासोतीमै रहेको कालीगण्डकी अस्पतालमा उपचार भैरहेको छ ।

चालक निदाएका कारण दुर्घटना भएको आशंका गरिएपनि चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Published : Thursday, 2018 November 15, 8:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया