कांग्रेसको महासमिति बैठकले गच्छदारलाई न्याय दिने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले महासमिति बैठकपछि मात्रै पार्टीमा जिम्मेवारी पाउने भएका छन् ।
कांग्रेसको विधामानमा एकमात्र उपसभापति हुने व्यवस्था छ । राजनीतिक निर्णयबाट गच्छदारलाई उपसभापति बनाइएको हो । गच्छदारले महासमिति बैठकबाट संशोधित विधानमा रहने व्यवस्थाअनुसार जिम्मेवारी पाउनेछन् ।
यसअघि उपसभापति मनोनीत विमलेन्द्र निधिले विधानअनुसार केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व पाएका छन् । उनले राजनीतिक प्रस्ताव तयार गर्नेसहितका जिम्मेवारी पाएका छन् ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको अहिलेको विधानमा एकजना उपसभापति मात्रै हुने व्यवस्था रहेको बताए । अर्को उपसभापतिलाई विधानले परिभाषित गरेको नगरेको उनले बताएका छन् ।
प्रवक्ता शर्माले भने, ‘उहाँलाई उपसभापतिमा मनोनीत गरिएको छ । केन्द्रीय समितिको यो विषय आगामी महासमिति बैठकमा प्रवेश गर्छ र नयाँ विधानले तोकेअनुसार जिम्मेवारी मिल्छ ।’
महासमितिमा प्रस्तुत गर्ने गरी विधान संशोधनका लागि समितिले काम गरिरहेको छ । महासमिति बैठक दोस्रो पटक सरेर आगामी मंसिर २८ देखि ३ पुससम्मका लागि तोकिएको छ ।
कांग्रेससँग एकीकरण भएको एक वर्षपछि गच्छदारले उपसभापति पाएका हुन् । अरु केन्द्रीय नेता, प्रदेश, जिल्ला, भ्रातृ संस्थाहरूको समायोजन भने अझै हुन सकेको छैन ।
गच्छदार उपसभापतिमा मनोनीत भएकै दिन दुई पार्टी समायोजनको खाका बनाएर अर्को केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्न अर्का उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत