मोदीको कार्यक्रम हेरफेर, यी दुई भारतीय नेता आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रामजानकी विवाहपञ्चमी महोत्सवमा नआउने भएका छन् । मोदीले गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुर जान निर्देशन दिएका छन् ।
भारतीय गृहमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि जानकी मन्दिर औपचारिकरुपमा विवाहपञ्चमीको तयारीमा जुट्ने महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिएका छन् ।
छठ पर्व सम्पन्न भएलगत्तै जानकी मन्दिर व्यवस्थापन समितिले प्रदेश नम्बर २ सरकार तथा स्थानीय निकायसँग समन्वय गरी विवाहपञ्चमीको व्यवस्थापन तथा तयारीमा जुट्ने मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले बताए ।
मंसिर २६ गते हुन लागेको रामजानकी विवापञ्चमीबारे जानकारी गराउँदै उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव दिपावलीका दिन अयोध्या पुगेर मुख्यमन्त्री आदित्यनाथलाई भेटेर निम्तो दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत