दाहालको टिप्पणीले पूर्वएमाले-माओवादीभित्र खैलाबैला

काठमाडौं । राजनीतिक विश्लेषक एवम् कम्युनिस्ट नेता भरत दाहालले नेपालद्रोही भगौडाहरूको भागदौडको समय आएको टिप्पणी गरेका छन् ।
उनले कसैको उक्साहटमा अर्काका विरूद्धमा अपराध गर्नेहरू एकपटक आफै पनि त्यस्तै अपराधको शिकार बन्दै गरेको बताएका छन् । ‘१२ बुँदेमा विदेशीहरूको मतियार बनेर नेपालविरूद्ध अपराध गर्ने दलालहरू आफै छिन्नभिन्न हुन थालेका छन्’, दाहालले फेसबुक स्टाटसमा लेखेका छन् ।
‘व्यवस्थित प्रणालीमा चलेको भनिने एमालेले बैठक बस्न नसक्ने ग्याङको रूप लिएको छ’, दाहालले भनेका छन्, ‘त्यसको माओवादी केन्द्रसंगको कथित एकता स्थानीय तहमा नपुग्दै टुंगिने अवस्थामा पुग्न थालेको छ । त्यो छिन्नभिन्न भएरै छाड्छ ।’
कम्युनिस्ट नेता एवम् राजनीतिक विश्लेषक दाहालले कांग्रेस अब कहिल्यै पार्टी बन्न सक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । ‘महिना/महिनामा बन्ने नयाँ ग्याङहरू र ती ग्याङहरूका बीचमा महिना/महिनामा परिवर्तन हुने स्वार्थ समीकरणले त्यो कुण्ठाको विष ओकल्ने झुण्ड बनिसकेको छ ।’
मधेशवादी र राप्रपा नामका लम्पट कुतत्वहरूको तमासा सबका आँखामा जाहेर रहेको उनको भनाइ छ । ‘आजसम्म यस्ता अपराधिहरूले नेपालको छातीमा कुस्ती खेलेर विदेशी मालिकलाई मनोरञ्जन दिए, अब दुष्टहरूको हालत हेर्ने बेला आयो’, दाहालले भनेका छन् ।
उनले असान्दर्भिक तत्वको पतनको गर्भमै सान्दर्भिक चिजको जन्म हुने उल्लेख गरेका छन् । ‘दुष्ट नेपालद्रोहीहरूको पतन र देशभक्त नेपालीहरूको ध्रुवीकरण एकसाथ अघि बढ्नु पर्छ’, विश्लेषक दाहालले भनेका छन्, ‘उच्च मनोबलका साथ आततायी भगौडाहरूको भागदौड हेरौं ।’
तत्कालीन एमाले र माओवादी केन्द्रप्रति रुखो व्यवहार गर्ने दाहाल कुनै बेला माओवादीको सशस्त्र युद्धमा सरिक थिए । राष्ट्र र राष्ट्रियताप्रति दाहालले खरो बचाउ गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत