छठका अवसरमा कांग्रेस नेतृद्वारा साडी वितरण

मलंगवा । छठ पर्वको अवसरमा सर्लाहीको कविलासी नगरपालिकामा रेणु ठाकुरले साडी वितरण गरेकी छिन् ।
स्थानीय तहको निर्वाचनमा पूर्वमाओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेकी रेणुले छठ पर्वको अवसरमा वडा नं. ७ मा साडी वितरण गरेकी हुन् ।
माओवादी छाडेर नेपाली कांग्रेसमा रहेकी रेणुले स्थानीय विपन्न परिवारलाई साडी वितरण गरेको उनका छोरा विकास ठाकुरले जानकारी दिए । विकास ठाकुर नेपाली कांग्रेसका युवा नेता हुन् ।
सर्लाहीको कविलासी नगरपालिका वडा नं. ७ मा रेणुले झण्डै एक सय साडी वितरण गरेकी छिन् । साडीको व्यवस्था नेपाल फाउण्डेसनले गरिदिएको ठाकुरले बताए ।
आइतबारदेखि शुरु भएको छठ बुधबार बिहान समापन हुनेछ । तराईका साथै पहाडी बस्तीहरूमा समेत छठको रौनक भएको छ ।
Published : Monday, 2018 November 12, 3:49 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत