काठमाडौंका कांग्रेसीहरूलाई २१ वर्षपछि आयो खुसी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंले आफ्नो नयाँ भवनको निर्माण कार्य सम्पन्न गरेको छ । कार्यलय बन्न २१ वर्ष लागेको छ ।
कांग्रेसका नेता प्रकाशमान सिंहले २१ वर्ष अगाडि ०५४ भवनको शिलान्यास गरेका थिए । नेता सिंहले नै शनिबार भवनको उद्घाटन गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको वडा नं. ३० ज्ञानेश्वरमा निर्माण भएको छ । चार तलाको भवनमा १६ वटा कोठा छन् । भवन निर्माणमा कति खर्च लागेको छ भन्ने हिसाव किताव नै छैन ।
सभापति कृष्ण सबुज बानियाँले यस अवधिमा धेरै जनाले जिल्लाको नेतृत्व सम्हालेकाले कति खर्च भयो भन्ने थाहा नभएको बताएका छन् ।
काठमाडौं कांग्रेसको भवनको निर्माण पूरा भएको जानकारी दिइए पनि पलाष्टर गर्न बाँकी छ । भवनको फिनिसिङ भएको छैन ।
Published : Sunday, 2018 November 11, 9:13 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत