यी कम्युनिस्ट सांसदका पिएले दाङ्गालीहरूको नाम बदनाम गरे

घोराही । दाङ जिल्लामा प्रहरीले जुवाको अखडामा छापामारेर ३९ जना जुवाडे पक्राउ गरेको छ ।
जुवाडेहरूको साथबाट प्रहरीले ३ लाख ३६ हजार रकम बरामद गरेको छ । शनिबार बिहान दाङका दुई स्थानमा प्रहरीले छापा मारेको छ । ती स्थानबाट २ लाख ७६ हजार रुपियाँसहित ३९ जना जुवाडे पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित रमेश चौधरी र दंगीशरण गाउँपालिका वडा नं. २ सरुवा डाँडास्थित वीरबहादुर शाह भनिने यामेन शाहको घरमा छापा हान्दा ३९ जुवाडे सहित २ लाख ७६ हजार बरामद भएको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
शाह सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश सांसद उत्तरकुमार ओलीका स्वकीय सचिव हुन् । प्रदेश सांसद ओलीका स्वकीय सचिव शाहको घरमा छापाहानेर जुवाडेलाई पक्राउ गरे पनि शाहलाई पक्राउ नगरिएको दाङका निमित्त प्रहरी प्रमुख घर्तीले बताए ।
डिएसपी घर्तीले टरिगाउँस्थित चौधरीको घरमा आइतबार बिहान २ बजेतिर छापाहान्दा १५ जना जुवाडेसहित ८७ हजार ३ सय रुपियाँ बरामद भएको बताए ।
दंगीशरण गाउँपालिका वडा नं. २ को सरुवा डाँडास्थित नेकपाका नेता शाहको घरमा छापाहान्दा २४ जना जुवाडेका साथबाट १ लाख ८९ हजार नगद बरामद भएको बताएका छन् ।
नेकपाका नेता एवम् प्रदेश सांसद ओलीका स्वकीय सचिव शाहको घरबाट ४८ थान कौडा र चौधरीको घरबाट १०४ थान तास बरामद भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत