यी कम्युनिस्ट मुख्यमन्त्रीले अमेरिकामा मान्छे लगाएर नेपालीलाई कुटाए

न्युयोर्क । अमेरिका आएका प्रदेश नम्बर १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै एकजना पत्रकारलाई गम्भीर घाइते हुने गरी कुटपिट गरिएको छ ।
बीआरटीनेपाल डटकमका सम्पादक लोकमणि राईलाई न्यूयोर्कमा कुटपिट भएको हो । पत्रकार लोकमणि राईले नेपालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका निकट सहयोगी पारुहाङ राईको सोल्टी उमेश राईले हातपात गरेका हुन् ।
न्यूयोर्कमा पत्रकारिता गर्दै आएका लोकमणि राईले समाचार लेखेकै विषयलाई लिएर आफूलाई मुख्यमन्त्रीका सहयोगीका साथीले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘अमेरिका जस्तो देशमा आएर पनि समाचार लेखेकै भरमा ममाथि आक्रमण हुँदा धेरै दुःख लाग्यो’, पत्रकार लोकमणि राईले भनेका छन्, ‘ममाथि भएको आक्रमणको बारेमा छानबिन गरी दोषीलाई कानूनी कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छु ।’
अमेरिकामा जो कसैलाई पनि हातपात गरेमा कानूनी रूपमा सजायको भागिदार हुने प्रावधान छ । अमेरिकामा नेपाली मूलका पत्रकारमाथि भएको यो घटना पहिलो हो ।
लोकमणि राई नेपालमा रहँदा कान्तिपुर दैनिकमा कार्यरत थिए । अहिले बीआरटीनेपाल डटकममा सम्पादक छन् ।
अचानक अमेरिका आएका कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिका र प्रवासी मञ्चले न्यूयोर्कमा स्वागत गरेका थिए ।
सोही विषयलाई लिएर पत्रकार लोकमणि राईले समाचार लेखेका थिए । पत्रकार राईले एकका मुख्यमन्त्री राई अमेरिकामा आएको भन्दै अर्को समाचार पनि लेखेका थिए ।
आफूविरुद्ध समाचार आएपछि कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईलाई मन परेको थिएन । मुख्यमन्त्री राईले कै निर्देशनमा पत्रकार लोकमणि राई कुटिएको जनाइएको छ ।
अमेरिकास्थित पत्रकारहरूको संस्थाले पनि घटनाको विरोध गरेको छ । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)ले पत्रकार लोकमणि राईलाई कुटपिट गर्नु निन्दनीय रहेको भन्दै घटनाको छानविन गरेर दोषी उपर कारबाहीको माग गरेको छ ।
इन्जाका महासचिव शिव विष्टद्वारा जारी विज्ञप्तिमा समाचारको विषयमा अमेरिका जस्तो लोकतान्त्रिक देशमा कुटपिट हुनु आफैमा दुःख र निन्दनीय रहेको बताएका छन् ।
1 प्रतिकृया प्राप्त “यी कम्युनिस्ट मुख्यमन्त्रीले अमेरिकामा मान्छे लगाएर नेपालीलाई कुटाए”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
हाम्रा १ नं. प्रदेशका मुख्य मन्त्री को घाँटी हल्लिने रोगलाई निको पार्न लाई होला अमेरिकामा पुगेर नेपाली पत्रकारलाई हातपात गर्ना ला हुन क्यारे । अब त हामी भोजपुर कै पत्रकार पनि उनी बाट हातपात बाट सतर्कता अपनाउन पर्ला क्यारे ।