कांग्रेसको नीतिलाई युवाहरूले अनुसरण गर्नुपर्छः महर्जन

ललितपुर । नेपाली कांग्रेस युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले देश विकासका लागि युवाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै उर्जाशील समयलाई सदुपयोग गर्न आग्रह गरेका छन् ।
बागमती गाउँपालिकाकोे वडा नं. २ मा बुधबार आयोजित सांकृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले गाउँको विकासमा स्थानीय युवाहरूले सहयोग गर्नुपर्ने बताए ।
उनले नेपाली कांग्रेसले लिएको नीतिलाई पनि अनुसरण गर्न युवाहरूलाई आग्रह गरेका छन् । ‘कांग्रेसले अहिले पनि जनताको माया पाइरहेको छ’, उनले भने, ‘त्यसलाई जोगाउनुपर्ने दायित्व पनि छ ।’
निर्वाचनका बेला आफ्नै पार्टीका उम्मेदवार हराउने नेताहरूलाई कांग्रेसमा बस्ने कुनै पनि अधिकार नरहेको बताए । महर्जनले कांग्रेसमा योगदान दिएको पुराना नेताहरूलाई सम्मान दिँदै युवाहरूलाई क्रियाशील बनाउनुपर्ने बताए ।
कांग्रेसका युवा नेता महर्जनले ललितपुरको दक्षिणी क्षेत्रलाई दोस्रो कर्णालीको रूपमा आफूले हेर्ने गरेको बताए ।
कार्यक्रममा सहभागी बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले पनि युवाहरूको साथ भयो भने आफूले विकास गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
सांस्कृतिक कार्यक्रममा सेलो गायक प्रयास दोङ, गायिका लक्ष्मी तामाङ, गायिका संगीता सुनुवार, गायिका मुना तामाङ, मोडल राज तामाङ, लोक गायक किरण गौतम लगायतले आा–आफ्नो प्रस्तुति दिएका थिए ।
नेविसंघका नेता विजयकुमार लो, उद्धव दाहाल, सचिव दीपकसमिर घिमिरे, नेपाल तरुण दलका नेता सरोज मेहेर कायस्थ, दल लामा, कांग्रेसका नेता कमल लो लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत