कांग्रेसमा निधि र गच्छदारमध्ये को वरिष्ठ ?

काठमाडौं । नेपाली कांग्रेसले विजयकुमार गच्छदारलाई उपसभापतिमा नियुक्ति गरेसँगै मधेसी मूलका दुई नेता उपसभापति भएका छन् ।
विमलेन्द्र निधि केही महिनाअघि उपसभापतिमा मनोनीत भएका हुन् । दुई नेतामध्ये पहिले मनोनीत गरिएका निधि नै वरीयतामा अगाडि रहनेछन् ।
कांग्रेसका नेता रमेश लेखकले वरीयताक्रममा गच्छदारभन्दा निधि अगाडि रहने बताए । निधिले पनि आफू पहिलो उपसभापति भएकाले गच्छदारभन्दा अगाडि रहने दाबी गरेका छन् ।
निधि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पनि हुन् । पार्टी एकतापछि गच्छदारलाई विशेष आमन्त्रित सदस्यका रूपमा केन्द्रीय समितिमा प्रवेश दिइएको थियो ।
संसदीय दलको नेतामा देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेता चयन गरिएको थियो । अर्का उपसभापतिको काम, कर्तव्य र जिम्मेवारी के हुने भन्ने खुलाइएको छैन ।
गच्छदारले उपसभापतिको वरीयताका विषयमा मुख खोलेका छैनन् । कांग्रेसको राजनीतिमा गच्छदार निधिभन्दा धेरै सिनियर नेता हुन् । देउवा निकट रहेकाले निधिले कांग्रेसभित्र हालीमुहाली गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत