दाङमा पूर्वएमालेभित्र यो के भयो ? शंकर पोखरेलका ज्वाइँ कता ?

घोराही । दाङ जिल्लामा पूर्वएमालेभित्रको गुट अझै समाधान हुने अवस्थामा छैन । शनिबारदेखि त झन् पूर्वएमालेभित्रको विवादले झन् ठूलो रुप लिने संकेत गरेको छ ।

शहीदलाई सम्झिने कार्यक्रम पनि पूर्वएमालेले अलग अलग कार्यक्रम गरेर पार्टीभित्रको विवादलाई सतहमा ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरूले शनिबार आ–आफ्नै तरिकाले कार्यक्रम गरेका छन् ।

०५१ सालमा दाङको विजौरीमा भएको गोलीकाण्डमा मारिएका शहीदहरू नारायण चौधरी, कुष्ण चौधरी र पुष्प घिमिरेको सम्झनामा शनिबार ओली र नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरेका छन् ।

ओली समूहले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरीस्थित जनता विद्यापीठमा कार्यक्रम गरेको छ । वरिष्ठ नेता नेपाल समूहले तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा स्मृति दिवस मनाएको छ ।

विजौरीको जनता विद्यापीठमा आयोजित कार्यक्रम नेकपा तुलसीपुर नगर कमिटीको नामबाट गरिएको थियो ।  तुलसीपुर उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रम तुलसीपुर पूर्वविद्यार्थी संगठनको नाममा भएको छ ।

तुलसीपुरको कार्यक्रमलाई नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी, पूर्वएमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुरका मेयर घनश्याम पाण्डे, शोभाराम बस्नेत, छविलाल ओली, रामजी चौधरी, तुलसा केसी, पदम केसी लगायतले सम्वोधन गरेका थिए ।

विजौरीमा आयोजित ओलीको समूहको कार्यक्रमलाई नेकपा केन्द्रीय सदस्य भागवत विश्वासी, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, प्रदेशसभा सदस्य उत्तरकुमार ओली, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्य, प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेलका ज्वाइँ तथा दाङ जिल्ला अध्यक्षका लागि सिफारिस गरिएका शिवकुमार आचार्य, सुवाश पुन, मनोहर बुढाथोकी, शेषुराम भण्डारी, सरस्वती गौतम, सहजराज यादव, शहिद पत्नी विष्णु पौडेल लगायतले सम्वोधन गरेका थिए ।

अलग अलग रुपमा भएका कार्यक्रममा ओली र नेपाल समूहले एकले अर्काविरुद्ध अभिव्यक्तिदिएका थिए ।

Published : Monday, 2018 November 5, 2:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया