यी हुन् काठमाडौंकी सुन्दरी ‘डन’, रङ्गे हात पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डका मुख्य योजनाकार गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई महानरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ ।
समिरमानले प्रयोग गरेका गौचन हत्याका सुटर काले भनिने अम्बरबहादुर रानाले अदालतमा बयानका क्रममा माया शेरचनले हतियार र पैसा उपलब्ध गराएको बताएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिई मायालाई पक्राउ गरेको हो ।
मायालाई काठमाडौंको नागार्जुन नगरपालिकाको दुईढुंगा भन्ने स्थानबाट शनिबार पक्राउ गरिएको अपराध महाशाखा काठमाडौंको प्रहरी प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
शनिबार पक्राउ परेकी मायालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि आइतबार पेश गरिएको छ । अदालतले मायालाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको एसएसपी सिंहले जानकारी दिए ।
गौचनसहित गुण्डा नाइके दावा लामामाथि आक्रमण हुँदा प्रयोग भएको पेस्तोल पनि मायाँले नै उपलब्ध गराएको बयान राना, रोशन बुढाथोकी र लोप्साङ तामाङले दिएका छन् ।
महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सिंहका अनुसार मायाले शुटरहरुलाई पैसा दिने, हतियार उपलब्ध गराउने, आफ्नै घरमा संरक्षण गर्ने, हुण्डी गरेर विदेशमा पैसा पठाइदिएको पुष्टि भएपछि पक्राउ गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत