गोदावरी कांग्रेसले राख्यो चियापान, कार्यकर्तालाई निधिले निर्देशन दिने

काठमाडौं । ललितपुर जिल्लास्थित नेपाली कांग्रेस गोदावरी नगर समितिले दशैँ, तिहार, नेपाल सम्वत, छठसहितको पर्वको उपलक्ष्यमा चियापानन कार्यक्रम राखेको छ ।
चियपान कार्यक्रममा नेपाली कांग्रेसका उपसभापाति विमलेन्द्र निधिलाई बोलाइएको छ । कार्यक्रममाम सहायकमहामन्त्री डा.प्रकाश शरण महत पनि सहभागी हुने कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए । महर्जनले चियापान कार्यक्रममा सहभागी हुन सबैलाई अपील गरेका छन् ।
गोदावरी नगरपालिकाको वडा नं. १३ स्थित झरुवाराशी फूलबारी पार्टी प्यालेसमा कात्तिक १९ गते सोमबार बिहान ८ बजेदेखि शुरु हुनेछ ।
चियापान कार्यक्रममा सहभागी हुने कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उपसभापति निधिले विशेष निर्देशन पनि दिनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत