यी हुन् पार्टीको चिया पिउन सेनाको हेलिकप्टर दुरुपयोग गर्ने कम्युनिस्ट मन्त्री

कलैया । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापानमा सहभागी हुन कम्युनिस्ट सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हेलिकप्टरबाट आएपछि जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता प्रभावित भएको छ ।
बाराको कलैयास्थित सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले चलिरहेको जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गराएको हो । पार्टीको चिया खान आएका मन्त्रीका लागि क्रिकेट प्रतियोगिता नै स्थगित गराइदिएपछि स्थानीयले विरोध समेत गरेका छन् ।
प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताएका छन् । रक्षामन्त्री पोखरेलका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिएको छ । कार्यक्रमको पूर्वनिर्धारित तालिका समेत बिग्रिएको आयोजकको भनाइ छ ।
बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्दा प्रतियोगिता रोकिएको बारे शनिबार मात्र जानकारी पाएको बताए ।
कलैयामा अन्यत्र पनि हेलिकोप्टर ल्याण्ड गर्नका लागि पर्याप्त स्थान रहेको प्रजिअ भट्टराईले बताए । उनले अन्य ठाउँमा पनि हेलिकप्टर रोक्न सकिने स्थान रहेको भन्दै यसबारेमा आफूलाई धेरै जानकारी नरहेको दाबी गरे ।
बाराको आधाभरस्थित नेपाली सेनाको जङ्गल वारफेयर शिक्षालयको निरीक्षणका लागि बारा आएका रक्षामन्त्री पोखरेल नेकपा बाराले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन जिल्ला सदरमुकाम कलैया आएका हुन् ।
5 प्रतिकृया प्राप्त “यी हुन् पार्टीको चिया पिउन सेनाको हेलिकप्टर दुरुपयोग गर्ने कम्युनिस्ट मन्त्री”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
साला यो देसका चोर मन्त्री हरु ।।
Mantri vaera k garnu. B4 pani mantri jasto vae hunthyo .
BIDHI KO BIDHAN !!!
ANI SATILE SATAPE KO DESH.
Bidhi ko bidhan,
ani satile darape ko desh
Bidhi ko bidhan,
ani satile darape ko desh.