मन्त्री बन्न नेताको ढोकामा चक्कर लगाउने कम्युनिस्ट सांसदहरू

काठमाडौं । प्रदेश ३ को मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुपमा लागेका छन् । तर मुख्यमन्त्री डोरमणि पौडेलले तत्काल मन्त्री नियुक्त नगरी आफैले कामलाई प्राथमिकता दिने योजना बनाएका छन् ।
मख्यमन्त्री पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब १५ अर्ब रुपैयाँ खर्च गरेर विकासका कामको गति अगाडि बढाउने सोँचमा छन् ।
पौडेलको प्रदेश सरकारलाई अगाडि बढाउने पहिलो इच्छा छ । मन्त्रालयहरूले गरेको कामका विषयमा सबैजसो मन्त्रालयमा निरन्तर अनुगमन गरिहेका मुख्यमन्त्री पौडेलले मन्त्रालयमा नबस्ने, बसे पनि कामभन्दा कुरा धेरै गर्ने, प्रदेशको सबभन्दा धेरै रकम खर्च गर्नुपर्ने मन्त्रालयले काम नगरेपछि मन्त्री केशव स्थापितबाट असन्तुष्ट थिए । सोही कारण उनले स्थापितलाई हटाएका हुन् ।
स्थापित तत्कालीन एमालेको कोटोबाट मन्त्री बनेका थिए । यसअघि मन्त्रीका लागि चर्चा चलेका तत्कालीन माओवादी केन्द्रका कुमारी मोक्तान, प्रेमबहादुर पुलामी र एमालेका मुनु सिग्देललगायत फेरि पनि चर्चामा आउन थालेका छन् । यी तीनै प्रदेश सांसद् मकवानपुरका हुन् ।
मन्त्रालयको काम छिटो गर्न धेरै पटक मुख्यमन्त्री पौडेलले निर्देशन दिए पनि काममा तदारुकता देखाउनुको साटो मुखमुखै लागेको भन्दै स्थापितलाई बर्खास्तीमा परेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत