दक्षिण अफ्रिकाको घटनाले विश्वको ध्यान तान्यो

केपटाउन । जताततै बलात्कारका घटनाले चर्चा पाइरहेको बेला दक्षिण अफ्रिकामा भएको बलात्कारको एक अनौठो विषय सार्वजनिक भएको छ ।

मानवता नै लाजले पानी–पानी हुनुपर्ने उक्त घटनाका अभियुक्त पक्राउ परेका छन् । आफूले पालेको बिरालोसँग जबर्जस्ती ‘सेक्स’ गर्दै गरेको छिमेकी महिलाले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसपछि तत्काल अभियुक्तलाई नियन्त्रणमा लिइएको थियो । स्वेटन लाइभ नामक अनलाइनले जनाएअनुसार दक्षिण अफ्रिकाको सेक्युरिटी फोर्स रिएक्शन युनिटले बिरालो बलात्कार गर्नेलाई हिरासतमा लिएर कारवाही शुरु गरेको छ ।

घरमा आफ्नो बिरालो नदेखेपछि खोज्ने क्रममा छिमेकीले बिरालोको खुट्टा पक्रिएर रेप गर्दै गरेको महिलाले देखेकी थिइन् । उनले अत्तालिँदै प्रहरीलाई खबर गरेको केही क्षणमै प्रहरी घटनास्थलमा पुग्दा अभियुक्त कपडा लगाउँदै गरेको अवस्थामा भेटिएका थिए ।

बाख्रा, भैँसीजस्ता जनावरमाथि यौन दुर्व्यवहार गरिएका समाचार सुनिँदै आए पनि बिरालोमाथि बलात्कार भएकोचाहिँ अहिलेसम्म सुनिएको थिएन ।

Published : Friday, 2018 November 2, 12:40 pm

1 प्रतिकृया प्राप्त “दक्षिण अफ्रिकाको घटनाले विश्वको ध्यान तान्यो”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया