गाउँका जनताको मन जित्दै छन् कांग्रेसका यी युवा नेता, कम्युनिस्टहरू भने बेपत्ता

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरू जनतालाई धोका दिएर निर्वाचन जितेको आरोप लगाएका छन् ।
गृहजिल्ला ओखलढुंगाको सुनकोशी गाउँपालिकाको कटुञ्जे ककनीमा बुधबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेता खतिवडाले जनतलाई भ्रममा पारेर कम्युनिस्टहरूले विजयी हासिल गरेको बताए ।
‘कम्युनिस्टहरूले निर्वाचनका बेला चुनाव जितेपछि घरघरमा आएर हातहातमा पाँच हजार वृद्धि भत्ता दिन्छौँ भनेका थिए । खोइ त्यो आश्वासन?’, उनले भने, ‘कांग्रेसले जनतालाई त्यसरी झुठो बोलेको छैन । बरु कांग्रेसले वृद्धाहरूका लागि उमेर हद घटाएर वृद्ध भत्ता दिने निर्णय गर्दा त्यसलाई कम्युनिस्ट सरकारले हटाएर जेष्ठ नागरिकहरूप्रति अन्याय र अपमान गरेको छ ।’
कम्युनिस्टहरू भनेको धोकेवाज र गफ धेरै गर्नेहरू हुन् भन्दै खतिवडाले भने, ‘म पराजित भए पनि जनताका लागि सकेसम्म काम गर्छु । जनताको मन जितेर अर्को पटक भाग्यको परीक्षा गर्नेछु ।’
वर्तमान कम्युनिस्ट सरकारले जनताको मन जित्नेभन्दा पनि धोका दिएर हैरान बनाएको कांग्रेसका युवा नेता खतिवडाले उल्लेख गरे । हत्यारा, बलात्कार, लुटेर, गुण्डाहरूको संरक्षणमा वर्तमान सरकारले लागेको उनले आरोप लगाए ।
‘निर्वाचनका बेला जहाँ पुग्यो त्यहाँ जिताएर पठाइदिनुस् म मन्त्री बनाइदिन्छु । विकास ल्याइदिन्छु भन्ने कम्युनिस्ट नेताहरू अहिले कहाँ लुकेर बसेका छन् ?’, खतिवडाले प्रश्न गर्दै भने, ‘बोल्ने होइन विकास गर्नुपर्छ । दुःख कष्ट सहेर गाउँमा बसेका जनताको पिर मर्का बुझ्न सक्नुपर्छ । काम गर्नुपर्छ । गफले विकास हुँदैन ।’
ओखलढुंगाबाट जितेर गएका जनप्रतिनिधिहरू दुर्गम गाउँ त के सुगम गाउँहरूमा समेत फर्केर नआएको स्थानीयको गुनासो छ । ३–४ घण्टा पैदल हिँडेर पुगिने ककनी गाउँका स्थानीयले कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडासँग दीर्घकालीन विकास कार्यक्रमका साथै गाउँमा हुने सानातिना समस्याहरूको गुनासो गरेका थिए ।
काठमाडौंबाट नानी मैयाँले निर्वाचन जितेको प्रशंग कोट्याउँदै कांग्रेस नेता खतिवडाले भने, ‘जनप्रतिनिधिले जनताको काम गर्नुपर्छ । नानी मैयाँले जितेर कृष्णप्रसाद भट्टराईले पनि हार्नुभएको थियो । जित्दैमा केही हुँदैन । नानी मैयाले केही गर्नुभएन । कृष्णप्रसाद भट्टराईले हारे पनि देश र जनताका लागि काम गर्नुभयो । जनताको काम गरेर मन जित्नुपर्छ ।’
नेता खतिवडाले केपी ओली पनि हारेको बताउँदै त्यस बेलाको पाठ सिकेर सुध्रिन कम्युनिस्टहरूलाई सुझाव दिए ।
कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेसका नेता रुद्रप्रसाद अधिकारीले साधन स्रोतले भ्याएसम्म सबैलाई विकासको कार्यक्रम दिइने बताए । उनले कुनै समस्या भए गाउँका जनतालाई सिधै आफूलाई आएर भन्न पनि आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत