सत्तापक्षकै दलको कार्यालयमा भिषण आगलागी

बर्दिवास । बर्दिवास नगरपालिकास्थित नेकपाको पार्टी कार्यालयमा आगजनी भएको छ । बर्दिबास–९, पशुपतिनगरमा रहेको पूर्वएमालेको वडा पार्टी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो ।

ईलाका प्रहरी कार्यालय, बर्दिवासका अनुसार सुरजसिंह कुशवाहाको घरमा रहेको पार्टी कार्यालयमा अज्ञात समुहले पेट्रोल छर्केर आगो छ ।

आगोले पार्टी कार्यालयको एक छेउको बाँसको भाग जलेर नष्ट भएको छ भने घरभित्र रहेकोे ज ४ प ३०४२ नम्बरको स्कुटरको अगाडिको भाग जलेको क्षति बर्दिवासका डिएसपी नकुल पोखरेलले बताए ।

आगजनीमा करिब ५० हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Saturday, 2018 October 20, 8:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया