अाेलीका खास नेताकाे खुलासापछि मन्त्रीहरूकाे दशैं खलबलियाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र प्रधानमन्त्री सचिवालय पनि पुनर्गठन हुने दाबी गरेका छन् ।
काठमाडौमा रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बस्नेतले भने, ‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपीशर्मा ओली सफल हुनुभएको छ र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’
दशैंलगत्तै सरकारले केही रामा कार्यक्रम ल्याउने उनको दाबी छ । बस्नेतले भने, ‘सरकारले केहीवितरणमुखी बजेट ल्याउनेछ । समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरा होस्, त्यसमा पनि ध्यान दिनेछ ।’
अाेलीले प्रदेश २ का जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको उनले सुनाए । उनले सीके राउत र नेत्रविक्रमचन्द ‘विप्लव’का गतिविधिहरु एकदमै गलत भएको भन्दै उनले भने, ‘उनीहरुको गतिविधि एकदमै गलत छन् । र, कतिपय नेताहरुले उनीहरुलाई समर्थन गरेकोबारे समिक्षा गर्नुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत