कांग्रेसका यी नेताको कामले कमाल देखाए

कापिलवस्तु । कांग्रेस नेता एवम् कपिलवस्तु क्षेत्र नंंबर २ का सांसद अतहर कमाल मुसलमानले दुईवटा हिन्दु मन्दिरको उद्घाटन गरेका छन् ।

कांग्रेस सांसद मुसलमानले एकै दिन ५ वटा कार्यक्रममा सहभगिता जनाए । दशैँको शुभकामना आदान प्रदान गरे । दशैँको शुभकामना आदान प्रदान, चियापान तथा भेटघाट कार्यक्रममा सहभागी भएर खुसी साटे ।

अघिल्लो पटक सांसद विकास कोषमा आउने ५० लाख रकममध्ये केही रकम उनले मन्दिर निर्माणका लागि दिएका थिए ।

दशैँको अवसरमा उनले कपिलवस्तुको फुलिकास्थित दुर्गा मन्दिरको उद्घाटन गरका छन । लवनी भन्ने ठाउँमा रहेको मन्दिर उद्घाटन
समेत उनले गरेका छन् ।

फुलिकामा निर्माण भएको दुर्गा मन्दिरका लागि उनले अघिल्लो वर्ष सांसद विकास कोषबाट डेढ लाख दिएका थिए । पर्यटन मन्त्रालय, स्थानीय संघ संस्थाको आर्थिक सहयोगमा सो मन्दिर स्थापना भएको उनले बताए ।

दुर्गा मन्दिरसँगै धर्मशाला पनि स्थापना भएको छ । दुर्गा झाँकीसहितको कार्यक्रममा उनले सो मन्दिरको उद्घाटन गरेका छन् ।

उनले देशमा आर्थिक समृद्धि ल्याउने हो भने पहिला सामाजिक भावना र सांस्कृतिक पक्षमा समृद्धि ल्याउनुपर्ने बताए ।

काठमाडौंबाट कपिलवस्तु आएका सांसद अतहर कमाल मुसलमानले दशैँ अवधिभर आफू सामाजिक कामका साथै शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त भएको बताए ।

उनको निर्वाचन क्षेत्रमा झन्डै ७० प्रतिशत हाराहारी मतदाता हिन्दु धर्मावलम्बी छन् । उनी आफ्ना मतदाताले गरेका अधिकांश कार्यक्रममा सहभागी हुन्छन् ।

माओवादी द्वन्द्वको समय कपिलवस्तुमा हिन्दू र मुस्लिमको बीचमा केही चिसोपना थियो । शान्तिप्रक्रिया स्थापना भएपछि फेरी सुमधुर सम्बन्ध भएको उनले बताए । दुबैको धर्मका ठूला चाडपर्वमा एक अर्कालाई सहयोग गर्ने परम्परामा अझ बलियो भएर आएको छ ।

गरिबलाई सहयोग गर्ने, सामाजिक एकताको आधारबाट नै मुलुकमा आर्थिक समृद्धि आउने उनी बताँउछन् । सांसद मुसलमानले दशैँ सकेर मात्र काठमाडौं जाने योजना बनाएका छन् ।

Published : Tuesday, 2018 October 16, 7:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया