देउखुरीको पिपरीमा मिनी म्याराथन हुने

घोराही । नेपाली कांग्रेसका तत्कालीन सांसद एवम् दाङका नेता स्वर्गीय हरिप्रसाद चौधरीको स्मृतिमा मिनी म्याराथन दौड हुने भएको छ ।

म्याराथन दौड देउखुरीको पिपरीदेखि लमहीसम्म हुनेछ । हरि–सुनकशरी फाउण्डेसनले असोज ३१ गते कार्यक्रम गर्न लागेको हो ।

सो कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताका साथै स्थानीयहरूले सहभागिता जनाउनेछन् ।

आसोज ३१ गते बिहान सात बजे पिपरीस्थित शंकर माविबाट पुरुषका लागि १५ मिलोमिटर र महिलाका लागि १० मिलोमिटर मिनी म्याराथन हुनेछ ।

कांग्रेसबाट सांसद बनेका बेला चौधरीले दाङको राजनीतिका साथै विकासमा महत्वपूर्ण योगदान दिएका थिए ।

मिनी म्याराथनपछि साहित्यिक कार्यक्रम पनि हुनेछन् । साहित्यिक कार्यक्रम लमहीमा हुनेछ । कार्यक्रममा सहभागी हुन अपील पनि गरिएको छ ।

Published : Monday, 2018 October 15, 4:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया