कम्युनिस्टहरूसँग आजित भएका जनताको बोली बोले कांग्रेसका यी नेताले

रुकुम । नेपाली कांग्रेस नेता प्रदीप पौडेलले राम्रो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कुर्सी छाड्न सुझाब दिएका छन् ।
पश्चिम रुकुमको आठबिसकोटमा लोकेन्द्र बटालाको २०औँ स्मृतिसभामा पौडेलले सरकार नेतृत्व गर्ने क्षमता प्रधानमन्त्री केपी ओलीसँग नभएको बताए ।
सरकारले जनतामा निराशा थपेको आरोप लगाउँदै उनले जन अपेक्षामा धोका भइरहेको जिकिर गरे ।
‘ओली नेतृत्वको सरकारले एउटा पनि नयाँ काम गर्न सकेको छैन । जनता उल्टै निराश छन् । परिवर्तनका मुद्दा र विषयप्रति जनतामा निराशा आउनुको कारण प्रधानमन्त्री हुनुहुन्छ,’ पौडेलले भने, ‘तपाईंले काम गर्न सक्नुभएन । राम्रो काम गर्नेलाई छाडिदिनुस् ।’
जनयुद्धमा रुकुमको योगदान ठूलो भए पनि माओवादीले बोकेको लक्ष्यलाई नेताहरूले प्रतिबद्धतामै सीमित गरेको पौडेलको भनाइ थियो ।
‘यो जिल्लाले जनयुद्धमा धेरै ठूलो योगदान ग¥-यो । जुन लक्ष्यले मानिस जनयुद्धमा लागे के त्यो लक्ष्य आज पूरा भयो त ?’ नेता पौडेलले प्रश्न गर्दै भने, ‘एमालेमा माओवादी विलय भएपछि के परिवर्तन ल्यायो ? बुर्जुवा शिक्षामा के परिवर्तन भयो ?’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत