‘विकासका लागि सहकारीको सहकार्य अनिवार्य’

काठमाडौ । सरोकारवालाहरूले सहकार्य नै सहकारीको उद्धेश्य भएको र आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
बृहत उर्बर बचत तथा श्रmृण सहकारी सस्था लिमिटेडको छैटौँ साधारणमा टोखा नगरनगरपालिकाका मेयर प्रकाश अधिकारीले सहकारी पनि आर्थिक बिकासका लागि महत्वपूर्ण रहेको बताएका छन । सो सहकारीका अध्यक्ष भगवान केसीको अध्यक्षतामा भएको साधारणसभामा मेयर अधिकारीले विकासका लागि आफ्नो नगरपालिकाले महत्वपूर्ण काम गरेको जनाएका छन ।
उनले टोखा नगरपालिकाले २० भन्दा बढी ऐन नियम बनाइसकेको जानकारी गराउँदै अब टोखामा बिस्तारै विकास भएको अनुभूति नागरिकमा हुने दावी पनि गरेका छन ।
साधारणसभामा राष्ट्रिय सहकारी बैकका ज्ञानबहादुर तामाङ, बरिष्ठ पत्रकार एवं धापासी बुद्धिजीबी समाजका अध्यक्ष टंक पन्त, सहकारीका सचिव भगवती गौतम, जिल्ला सहकारी संघ संयोजक सत्यनारायण डंगोल, संचालक सदस्य गणेशमान श्रेष्ठ, कोषाध्यक्ष रामकाजी डंगोल लगायतले बुहत उर्बर सहकारीले टोखाको धेरै क्षेत्रलाई प्रभाबकारी रुपमा समेटेको, नागरिकमा पनि सो सहकारीप्रति बिश्वास बढेको उल्लेख गरेका छन ।
साधाणसभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
दीप दर्शन बचत तथा ऋण सहकारी संस्थाको सातौँ साधारणसभामा सहकारी क्षेत्रका विज्ञहरूले गाउ गाउँ र टोल टोलमा स्थापित सहकारीले ग्रामीण तहमा लगानी गर्न सहज भएको र आबश्यक पर्दा सहयोग लिन पनि सहज भएको बताएका छन ।
सहकारी विज्ञहरूले कतिपय सहकारीले गर्ने बेइमानीका कारण राम्रो गर्नेलाई पनि असर परेकोले गलत गर्नेलाई विना मुलाहिजा कारबाही गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
दी दर्शन सहकारीका अध्यक्ष नीरकुमार मोक्तानको अध्यक्षतामा भएको साधारणसभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदन पारित गरेको छ ।
टोखा नगरपालिका बडा ६ का वडाध्यक्ष महेश्वर केसी, सहकारीका प्रमुख सल्लाहकार ज्ञानबबहादुर तामाङ, बरिष्ठ पत्रकार धापासी बुद्धिजीवी समाजका अध्यक्ष टंक पन्त, सहकारीका उपाध्यक्ष ध्रुबबन्धु अर्याल, टोखा नगरपालिकामा सहकारी हेर्ने कमला कार्की, लेखा संयोजक सुदेश रेग्मी, सल्लाहकार बासु रेग्मी, संचालक समितिका चन्द्रबहादुर भारती लगायतको बिशेष उपस्थितिमा भएको साधारणसभाले आगामी रणनीति तथा योजना पनि बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत