कम्युनिस्टहरूलाई कांग्रेसले हेटौँडाबाटै तह लगाइदिने

हेटौँडा । युवा नेता एवम् प्रदेश ३ का नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेटौँडाबाट प्रदेशको राजधानी सार्न खोजेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेसका युवा नेता बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताएका छन् ।
उनले चेतावनी दिँदै भने , ‘प्रदेशको राजधानी हेटौँडाबाट सारिए काठमाडौंमा नाकाबन्दी लाग्नसक्छ ।’ जनताको भावना विपरित कम्युनिस्टहरूले आफू खुसी गर्न खोजे हेटौँडाबाटै कांग्रेसले तह लगाउने नेता बानियाँले चेतावनी दिए ।
प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी हेटौँडामा नै रहन सक्ने उनले बताए । कांग्रेसले हेटौँडामा नै राजधानी राख्नुपर्नेमा जोड दिइरहेको नेता बानियाँले बताए ।
‘राजधानीको विषय प्रदेशसभाले निर्णय गर्ने कुरा हो, हामीले हाम्रोतर्फबाट हेटौँडामा नै राजधानी राख्ने प्रयास गरिरहेका छौँ, नेकपाका प्रदेशसभा सदस्यले जोड गरिदिए राजधानी हेटौँडामा रहन सक्छ’, उनले भने ।
हेटौँडाबाट राजधानी सारिए मकवानपुरवासीले आन्दोलनमा उत्रने र त्यसको प्रभावस्वरुप काठमाडौंमा मकवानपुरले नाकाबन्दी लगाउन सक्ने अवस्था आउने उनको भनाइ छ ।
कांग्रेसका युवा नेता बानियाले सडक सञ्जाल, सुरक्षा संवेदनशीलता र रणनीतिक दृष्टिकोणले प्रदेश ३ को राजधानी हेटौँडा उपयुक्त रहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत