पूर्वमाओवादीबाट हत्या गरिएका तरुण अध्यक्षलाई शहीद घोषणा गर्न माग

काठमाडौं । नेपाल तरुण दलले रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनलाई न्याय दिलाउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ ।
पूर्वमाओवादी केन्द्रका कार्यकर्ता देव घर्ती लगायतको समूहबाट हत्या गरिएका रोहति पुनलाई शहीद घोषणा गर्न तरुण दलले माग गरेको छ ।
नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतको नेतृत्वमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीलाई ज्ञापनपत्र बुझाउँदै रोहित पुनको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गरिएको हो ।
राजनीतिक प्रतिशोध लिई सुनियोजित ढंगबाट रोहित पुनको हत्या भएको भन्दै तरुण दलले रोहित पुनका दोषीलाई कारबाहीको माग गरिएको छ ।
सम्पूर्ण दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन सरकारको सम्बन्धित निकाय प्रहरी प्रशासनले गम्भीरता नदेखाएको भन्दै तरुण दलले आक्रोश व्यक्त गरेको छ ।
‘घटनामा प्रत्यक्ष संलग्न सम्पूर्ण दोषीलाई कानूनी कारबाही र मृतकलाई सहिद घोषणा गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी रोहित पुनलाई न्याय दिलाउन सरकार एवं सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गरिन्छ’, ज्ञापनपत्रमा भनिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत